कांग्रेस इतर समूहको राष्ट्रिय भेला ‘राष्ट्रिय सम्मेलन’मा परिणत

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई ‘राष्ट्रिय सम्मेलन’मा परिणत गरेको छ। शनिबारदेखि काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा सुरु भएको बन्दसत्रमा विभिन्न समितिका प्रतिवेदन प्रस्तुत भइरहेका बेला भेलाको नाम परिवर्तन गरिएको हो। कार्यक्रमस्थलमा राखिएको ‘राष्ट्रिय भेला’ लेखिएको ब्यानर हटाएर ‘राष्ट्रिय सम्मेलन’ लेखिएको नयाँ ब्यानर राखिएको छ। संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन…