सर्वोच्च अदालतमा थपिए चार न्यायाधीश


सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा उनीहरूलाई शपथ गराएका हुन् ।

न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए ।

शपथ लिने न्यायाधीशहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी रहेका छन् ।