बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ तारिखलाई ‘अन्तर्राष्ट्रिय बाघ दिवस’का रूपमा मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित पहिलो विश्व बाघ सम्मेलनपछि यो दिवस मनाउने परम्परा सुरु गरिएको हो । उक्त सम्मेलनमा रुसका तत्कालीन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैंकका अध्यक्ष रोबर्ट जोलिकको नेतृत्वमा बाघ संरक्षण अभियान थालिएको थियो।…