थुलुङ दुधकोशीमा चारदिने निःशुल्क स्वास्थ्य शिविर सुरु

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । गाउँपालिकाको समन्वयमा र कादुरी एग्रिकल्चरल एड एशोसिएसनको आयोजनामा सञ्चालनमा आएको चारदिने शिविर शनिबारदेखि सुरु भएको हो । गाउँपालिकाको मुक्लास्थित विरेन्द्रोदय माध्यमिक विद्यालयमा जारी शिविर आगामी कार्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । पहिलो दिनमै ३ सय ५४ जना स्थानीयवासीले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेको…