थुलुङ दुधकोशीका २७ माझी विद्यार्थीलाई छात्रवृत्ति

थुलुङ दुधकोशी गाउँपालिकाले माझी समुदायका २७ विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै शिक्षा क्षेत्रमा समावेशीता र समान अवसरलाई प्राथमिकतामा राखेको संकेत दिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले मंगलबार वडा नम्बर ६ का माझी समुदायका विद्यार्थीलाई जनही रु.१० हजारसहित शैक्षिक सामग्री प्रदान गरे । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार छात्रवृत्ति वितरणले शिक्षामा पछाडि परेका समुदायलाई अघि बढाउने…