टी–२० विश्वकप छनोटमा नेपालको रोमाञ्चक जित, सन्दीप लामिछानेको पाँच विकेट

ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले कतारमाथि रोमाञ्चक पाँच रनको जित निकालेको छ। पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १४७ रन बनायो। कप्तान रोहित पौडेलले ४१ बलमा ५८ रनको उत्कृष्ट अर्धशतक प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पु¥याए। दीपेन्द्रसिंह ऐरीले २६ रनको योगदान दिए भने अन्त्यतिर…