मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छापिरहेको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइको अवस्थाबारेमा जानकारी दिँदै प्रतक्ष्यतर्फ कूल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा बुधबारसम्म एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न गरेको जानकारी दिएका छन् ।…