गौरी मल्लमाथि हर्क साम्पाङको आक्रोश, जेल हाल्ने चेतावनी


श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अभिनेत्री गौरी मल्ललाई जेल हाल्ने चेतावनी दिएका छन्।

चलचित्र ‘काकाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा गरिएको प्र्यांकलाई लिएर साम्पाङले यस्तो चेतावनी दिएका हुन्।

साम्पाङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै गौरी मल्ल अब सम्मानित अभिनेत्री नरहेको टिप्पणी गरेका छन्। चलचित्रको प्रचारका लागि गरिएको उक्त गतिविधिलाई उनले आपराधिक कामको संज्ञा दिएका छन्।

आफूहरू सरकारमा पुगेको अवस्थामा गौरी मल्ललाई जेल हाल्ने र जेलमै श्रमदानका क्रममा ढुंगा बोकाउने उनको भनाइ छ।

साम्पाङले अंग्रेजीमा लेखेको स्टाटसमा चलचित्र प्रचारका लागि गरिएको प्र्यांकलाई आपराधिक कार्य भन्दै यस्तो गतिविधि भए जेल सजाय दिइने उल्लेख गरेका छन्।

शनिबार चलचित्र ‘काकाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा गौरी मल्ललगायत कलाकारलाई प्रहरीले पक्राउ गरेको नाटक गरिएको थियो।