नेपाली कांग्रेसको सहमहामन्त्री (मुस्लिम) पदमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन्। उनले ३ हजार ३४७ मत प्राप्त गर्दै सहमहामन्त्री पदमा निर्वाचित भएका हुन्। आलमका प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ मत प्राप्त गरे भने अतहर कमाल मुसलमानले ५५७ मत पाए। फिरदोश पूर्वमन्त्री अफताब आलमका छोरा हुन्। यसैगरी, केन्द्रीय सदस्य (मुस्लिम) तर्फ डा. अताबुल मंसुरी…