इजरायलले दुई दशकअघि खाली गराएको कब्जा गरिएको वेस्ट बैंकको कादिम बस्तीमा नयाँ पुस्ताका इजरायली बासिन्दा पुनः फर्किएका छन्। क्षेत्रीय बस्ती परिषद्का अनुसार बिहीबार तेल अभिभबाट ३० ‘पायोनियर परिवार’ कादिम पुगेका हुन्। उनीहरू साना समूहमा सैन्य सुरक्षासहित बस्ती पुगेका थिए। उनीहरूका गाडीमा इजरायलका निलो–सेता झण्डा फहराइरहेका थिए भने केहीले फर्निचर, ओछ्यान र निर्माण सामग्री बोकेका ट्रेलरसमेत…