यमनमा डुङ्गा दुर्घटनाः कम्तीमा ६८ आप्रवासीको मृत्यु, दर्जनौं अझै बेपत्ता

खराब मौसमका कारण यमनको दक्षिणी तट अब्यान नजिकै आप्रवासीहरू सवार एउटा डुङ्गा डुब्दा कम्तीमा ६८ जनाको ज्यान गएको छ। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) ले पुष्टि गरेको जानकारी अनुसार, डुङ्गामा झन्डै १५७ जना सवार थिए। तीमध्ये १२ जनालाई मात्र जीवित उद्धार गरिएको छ भने दर्जनौं अझै हराइरहेका छन्। IOM यमन प्रमुख अब्दुसत्तोर एसोएभका अनुसार, दुर्घटनामा परेका…