फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठलाई प्रहरीले सकुशल फेला पारेको छ। उनी काठमाडौंको तार्केश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टबाट आइतबार बिहान नियन्त्रणमा लिइएको प्रहरीले पुष्टि गरेको छ। प्रहरी स्रोतका अनुसार श्रेष्ठलाई प्रारम्भमा बालाजु क्षेत्रमा खोजी गरिएको थियो। विस्तृत खोजतलासपछि उनी श्रीनाथ रिसोर्टको एक कोठामा भेटिएका हुन्। प्रहरीले उनीसँग प्रारम्भिक सोधपुछ गर्दा उनले…