अमेरिकी विदेश मन्त्रालय (U.S. Department of State) ले गैर–आप्रवासी (Non-Immigrant) भिसा प्रणालीअन्तर्गत परीक्षणका रूपमा अघि सारेको ‘भिसा धरौटी’ (Visa Bond Pilot Program) ले विश्वव्यापी बहस जन्माएको छ । विशेषगरी नेपालजस्ता विकासशील मुलुकका नागरिकका लागि यो नीति वैधानिक यात्रा, आर्थिक समानता, मानव अधिकार तथा अन्तर्राष्ट्रिय आवागमनको स्वतन्त्रतासँग सम्बन्धित गम्भीर प्रश्नको विषय बनेको छ । परीक्षण कार्यक्रमअन्तर्गत…