‘अख्तियार त्रास होइन, प्रमाणका आधारमा अनुसन्धान गर्ने संस्था बन्नुपर्छ’: कानूनमन्त्री गौतम

कानूनमन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र, निष्पक्ष र व्यावसायिक हुनुपर्ने बताएकी छन्। राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले संवैधानिक निकायको सम्मान गर्दै सरकार भ्रष्टाचार नियन्त्रणप्रति पूर्ण प्रतिबद्ध रहेको बताइन्। उनले अख्तियारलाई बलियो बनाउनुपर्नेमा कुनै द्विविधा नरहेको बताउँदै संस्थाको बल त्रास सिर्जना गरेर देखाउने खालको हुन नहुने धारणा राखिन्। ‘संस्थाको बल त्रास…