खोटाङ दुर्घटना:एक जनाको मृत्यु

खोटाङमा तिर्थयात्री बोकेको गाडी दुर्घटनाहुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा नराह गाउँपालिका–५ का मनोज यादवको श्रीमति करिब ३० वर्षीया ममतादेवि यादव रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । ममतादेविलाई प्रादेशिक अस्पताल कटारीले सोमबार अपरान्ह मृत घोषणा गरेको हो । घाइते १० जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।…