निर्वाचन सुरक्षामा केन्द्रित भएर काम गर्न नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा कार्कीले आसन्न निर्वाचनको परिवेशमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता, समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा निर्देशन दिएका हुन् । कार्कीले आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिहरू अवलम्बन गरी कार्यान्वयन गर्न…