छन्द वाटिका नेपाल र स्रष्टा समाज कोशी प्रदेशको संयुक्त आयोजनामा विराटनगरस्थित विष्णुमाया पुस्तकालयको सभाहलमा एक भव्य कार्यक्रमका बीच कवि शारदा भट्टराईको छन्दोबद्ध कवितासङ्ग्रह ‘छन्द परिदृश्य’ लोकार्पण गरिएको छ। कार्यक्रम छन्द वाटिका नेपालका अध्यक्ष हरि कट्टेलको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रा.डा. टंकप्रसाद न्यौपाने प्रमुख अतिथि र मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल विशिष्ट अतिथिका रूपमा…