फागुन २१ को निर्वाचनका लागि सरकार अघि बढिसक्यो : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक चुनावमय भइसकेको दाबी गर्दै सरकारले तोकिएको मितिमा निर्वाचन गराउन सम्पूर्ण तयारीका साथ अघि बढिरहेको बताएका छन्। एमाले पार्टी कार्यालय निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन मितिलाई केन्द्रमा राखेर सरकार सक्रिय रूपमा काम गरिरहेको स्पष्ट पारे। उनका अनुसार निर्वाचन आयोग आफ्नो जिम्मेवारीमा सक्रिय…