भक्तपुरको खरिपाटीस्थित सुकुमवासीहरू राखिएको होल्डिङ सेन्टरमा समाचार सङ्कलनका लागि पुगेका सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको छ।
रिपोर्टिङका लागि पुगेका पत्रकारलाई सुरक्षाकर्मीले ‘माथिबाट अनुमति ल्याउनुस्’ भन्दै सेन्टरभित्र प्रवेश गर्न नदिएको जनाइएको छ। सञ्चारकर्मीलाई गृह मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को अनुमति लिएर मात्रै होल्डिङ सेन्टरमा प्रवेश गर्न पाइने जानकारी दिइएको थियो।
आजै गृहमन्त्री सुधन गुरुङसहितको सरकारी टोलीले खरिपाटीस्थित होल्डिङ सेन्टरको निरीक्षण गरेको थियो। निरीक्षणपछि पनि सञ्चारकर्मीलाई सेन्टरभित्र प्रवेश गर्न नदिइएको भन्दै पत्रकारहरूले असन्तुष्टि जनाएका छन्।
घटनाबारे गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयबाट औपचारिक धारणा भने सार्वजनिक भएको छैन।

प्रतिक्रिया