परिवारवादमा स्पष्ट छौं, विधि बाहिर जाँदैनौं : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले विधिभन्दा बाहिर आफ्नो पार्टी कुनै हालतमा नजाने दाबी गरेका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले आफ्नो पार्टी परिवारवादमा स्पष्ट भएको पनि उनले जिकिर गरे । ‘रास्वपासँग विधिसँग छ, विधिभन्दा बाहिर हामी कुनै हालतमा जाँदैनौं । परिवारवादमा रास्वपा स्पष्ट छ । विधानले नै दिँदैन,’ लामिछानेले भने, ‘कथमकदाचित…