सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नुतन श्रेष्ठ
0
Shares

काठमाडौं । स्थानीय बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ।

यता, चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। शुक्रबार प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३५ रुपैयाँले घटेर ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।