काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गर्ने व्यवसायीलाई अघिल्ला सबै वर्षको व्यवसाय कर मिनाहा गर्ने व्यवस्था लागू गरेको छ। महानगरको १९औँ नगरसभाबाट पारित आर्थिक ऐनअनुसार महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका तर हालसम्म दर्ता नभएका व्यवसायले २०८३ साल असोज मसान्तभित्र दर्ता गरे विगतका सबै वर्षको व्यवसाय कर तिर्नु नपर्ने व्यवस्था गरिएको हो। आर्थिक ऐनले…