नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई राजनीतिक रूपमा एक्ल्याउने प्रयास अझै जारी रहेको बताएका छन्। उनले एमाले कुनै पनि परिस्थितिमा अरूको सहारामा उभिने पार्टी नभई आफ्नै शक्ति र जनआधारका बलमा अघि बढ्ने स्वतन्त्र राजनीतिक शक्ति भएको दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा…