रौतहटको गरुडा नगरपालिका–९ गम्हरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।घटनापछि स्थानीयवासी र परिवारको सहयोगमा उनलाई तत्काल गरुडास्थित एक अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।…