प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न विशेष बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो।
कांग्रेसका एक पदाधिकारीका अनुसार पछिल्ला घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले बैठक आह्वान गरिएको हो।
बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्रीहरू सहभागी हुनेछन्।
बैठकपछि सभापति थापाले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। त्यस कार्यक्रममा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू पनि सहभागी हुने ती पदाधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया