तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाका कारण रद्द भएको छ।
बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल सञ्चालन गर्न योग्य नभएपछि खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिएका छन्।
खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्।
यसैबीच, आजको दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। निर्धारित तालिकाअनुसार उक्त खेल अपराह्न ५ बजे सुरु हुनेछ। तर, वर्षा जारी रहे खेल प्रभावित हुने सम्भावना छ।

प्रतिक्रिया