क्यानडामा आज ‘तेश्रो नेपाल फेस्टिवल–२०२६’ हुँदै,

क्यानडाको ब्राम्पटन शहरमा आज शनिबार (२५ जुलाई) ‘तेश्रो नेपाल फेस्टिवल–२०२६’ आयोजना हुँदैछ। लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबको आयोजनामा हुन लागेको यस महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ। नेपाली कला-संस्कृति, गीत-संगीत, भेषभूषा, मौलिक खानाका परिकार, हस्तकला तथा विभिन्न नेपाली उत्पादनहरूको संरक्षण, संवद्र्धन र अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो।…