सोलुदुधकुण्ड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८५ करोड ९५ लाख २३ हजार ९ सय ९५ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा बसेको नगरसभाको १८औँ अधिवेशनको पहिलो बैठकमा उपमेयर गान्धीमाया तामाङले ‘विनियोजन विधेयक, २०८३’ मार्फत आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो। जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तह बजेटमध्ये एक…