सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले चीनको डिङ्ग्री राज्यबाट रु. २ करोड १७ लाख मूल्य बराबरको एक थान स्काभेटर र एक थान रोलर अनुदानस्वरूप प्राप्त गरेको छ। दुई वर्षअघि गाउँपालिकाका संस्थापक अध्यक्ष असिम राईले राख्नुभएको प्रस्तावको आधारमा डिङ्ग्री राज्यले यी उपकरणहरू सहयोग गरेको हो । नेपाल-चीन सीमाना तातोपानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच चिनियाँ अधिकारीहरूले गाउँपालिका टोलीलाई…