राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूको संसद् गतिविधिलाई व्यवस्थित र जवाफदेही बनाउन गुगल फर्म तयार गरेको छ । रास्वपाकी सचेतक क्रान्तिशिखा धितालका अनुसार सांसदहरू संसद् बैठकमा अनुपस्थित हुँदा त्यसको कारणसहित प्रमाण गुगल फर्ममार्फत बुझाउनुपर्ने व्यवस्था गरिएको छ । निर्धारित समयभन्दा आधा घण्टाभन्दा ढिलो बैठकमा उपस्थित भएमा पनि सांसदले त्यसको विवरण फर्ममा राख्नुपर्नेछ । त्यस्तै, बैठकमा…