प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि निरीक्षण टोलीमा सहभागी छन्। प्रधानमन्त्री शाह आज बिहान करिब ९ः३० बजे सडकमार्ग हुँदै बाढीबाट प्रभावित मुख्य क्षेत्रमध्ये एक विदुरतर्फ प्रस्थान गरेका हुन्। बाढीका कारण नुवाकोटका विभिन्न स्थानमा भौतिक संरचनामा क्षति पुगेको छ।…