नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध टस जितेर कर्णालीले ब्याटिङ रोजेको हो।
आजको खेलका लागि चितवनले आफ्नो टोलीमा पाँच खेलाडी परिवर्तन गरेको छ। अर्जुन साउद, रञ्जित कुमार, मौसम ढकाल, रवि बोपारा र डाविड मलानको स्थानमा देव खनाल, अशोक धामी, सलाहुद्दिन खान, डान मोस्ली र उसामा मिरले मौका पाएका छन्।
यता, कर्णालीले भने एक खेलाडी परिवर्तन गरेको छ। दीपेन्द्र रावतको स्थानमा सचिन शर्मा टोलीमा आएका छन्।
चितवन राइनोज अंकतालिकाको चौथो स्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ। सातौँ स्थानमा रहेको कर्णाली याक्स भने यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ।

प्रतिक्रिया