आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी र लुम्बिनी प्रदेशका अधिकांश भूभाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। यी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा…