पत्रकार श्रेष्ठलाई महाराजगञ्ज सारियो

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले प्रहरीसँग महत्वपूर्ण विवरण मागेको छ। सर्वोच्चले श्रेष्ठलाई प्रहरीले बरामद गरेका सामानसहित आगामी भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ। श्रेष्ठकी पत्नी सरस्वतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले यस्तो आदेश दिएको हो। आदेशमा श्रेष्ठलाई उनको निवास तथा जनआस्था कार्यालयबाट प्रहरीले बरामद…