जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लाग्नुभयो । लाउलाउँ खाउखाउँ उमेरका उहाँ अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुनुहुन्छ । बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उहाँको दैनिकी बनेको छ । पचहत्तर वर्षकी जिजुहजुरआमा अतिरुपा, ६० वर्षकी हजुरआमा फूलमाया र १५ वर्षकी बहिनी बिविकाको जिम्मेवारी एक्ला…