राहुलको घातक बलिङ, काठमान्डु ११५ रनमै अलआउट


नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध काठमान्डु गोर्खाज ११५ रनमै अलआउट भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु १९.३ ओभरमा ११५ रनमा समेटिएपछि जनकपुरले जितका लागि ११६ रनको लक्ष्य पाएको छ ।

काठमान्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जनकपुरका राहुल यादवले ४ विकेट लिएर काठमान्डुको ब्याटिङ ध्वस्त पारे । सैफ हसनले २ विकेट लिँदा हरमीत सिंह, मोइन अली र ललित राजवंशीले समान १ विकेट लिए ।