कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादन हुने स्याउ जिल्ला बाहिर निकासी गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ। स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण, बजार व्यवस्थापन र निर्यात प्रक्रियालाई व्यवस्थित तथा पारदर्शी बनाउन यस्तो व्यवस्था लागू गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार तिलागुफामा उत्पादित स्याउको गुणस्तर र स्वच्छता कायम राख्दै बजारमा यसको विश्वसनीयता जोगाउने उद्देश्यले…