एनपीएलमा आज दुई खेल, जनकपुर र काठमाडौं भिड्दै


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्।

पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिड्दा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार पहिलो खेल मध्याह्न १२ः३० बजे र दोस्रो खेल अपराह्न ५ बजे कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।