बिहीबार सेयर बजार परिसूचक नेप्से ३१.५४ अंकले बढेर २ हजार ६९५ अंकमा पुगेको छ । यो साउन १२ गतेयताकै उच्च बिन्दु हो ।
बजारमा कारोबार रकमसमेत बढेको छ । बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ८ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यो कारोबार रकम वैशाख ३ यताकै उच्च हो । उक्त दिन ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज १८१ कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहगत सूचक हरियो रहे । विकास बैंक समूह सर्वाधिक १५५ अंकले बढ्यो ।
आज बेनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ । त्यस्तै, सोपान फर्मास्युटिकल्सको ८.७२ प्रतिशत, नेपाल पुनर्बीमाको ५.६१ प्रतिशत, नेपाल फाइनान्सको ५.४९ प्रतिशत र एनआईसी एसिया बैंकको ४.६९ प्रतिशतले मूल्य बढेको छ ।
यसैबीच, एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ३.६५ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ३.१४ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको २.७२ प्रतिशतले घटेको छ ।
घलेम्दी हाइड्रोपावर, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्रिन भेन्चर्स र सोलु हाइड्रोपावर आज सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन् ।

प्रतिक्रिया