लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यको आनन्द लिन चाहने आन्तरिक पर्यटकको रोजाइमा पछिल्लो समय लमजुङको गाईखुरे झरना पर्न थालेको छ। बेँसीसहर नगरपालिका–१ दलालस्थित डुम्रे–बेँसीसहर सडक छेउमै रहेको झरनामा अहिले दैनिक करिब ५०० पर्यटक पुग्ने गरेका छन्। स्थानीयका अनुसार सार्वजनिक बिदा र सप्ताहान्तमा पर्यटकको संख्या झनै बढेर दोब्बरसम्म पुग्ने गरेको छ। बेँसीसहर बजारबाट करिब ६…