देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । सातवटै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । तराई र उपत्यकामा तुवाँलो पनि रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । तराई तथा उपत्यकाका थोरै स्थानहरूमा…