देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । मेघगर्जनसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको हो । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण विभिन्न स्थामा हावाहुरी, मेघर्गन, असिना र वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ…