यसअघि स्थगित गरिएको दोस्रो समर स्किल कोर्स फर प्रोफेसनल माउन्टेन गाइड ट्रेनिङ–२०२६ पुनः सञ्चालन हुने भएको छ।
नेपाल पर्वतारोहण संघ (NMA) ले १३ अगस्ट २०२६ मा सूचना जारी गर्दै स्थगित तालिम आगामी सोमबार, १७ अगस्ट २०२६ (१ भदौ २०८३) देखि पुनः सञ्चालन हुने जनाएको छ। संघका अनुसार तालिमका लागि आवेदन १४ र १५ अगस्ट मा नक्साल, नागपोखरीस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा बुझाउन सकिनेछ।
तालिमको अवधि १६ अगस्टदेखि २४ सेप्टेम्बर २०२६ सम्म काठमाडौं र ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा सञ्चालन हुने संघले जनाएको छ। तालिमको शुल्क प्रतिव्यक्ति ३० हजार रुपैयाँ तोकिएको छ भने अधिकतम ४० जना सहभागीलाई मात्र तालिममा समावेश गरिनेछ।

प्रतिक्रिया