देउवा पुनः कार्यकारी भुमिकामा फर्कने कसरत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारबाट फर्किएसँगै पुनः पार्टीको कार्यकारी भूमिकामा सक्रिय हुँदैछन्। असोज २८ गतेको केन्द्रीय समिति बैठकमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसयता हुने सबै बैठक र प्रमुख गतिविधि खड्काको नेतृत्वमै अघि बढ्दै आएका थिए। तर सिंगापुरमा स्वास्थ्य उपचारपछि काठमाडौं फर्किएका देउवा पछिल्ला दिनमा राजनीतिक भेटघाटतर्फ तीव्र भेटघाट गर्दै…