प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभामा जवाफ दिने


प्रधानमन्त्री बालेन्द्र शाह ले आज संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल ले वैशाख २८ गते प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका जिज्ञासाको उत्तर प्रधानमन्त्री शाहले दिने कार्यसूची तय गरिएको हो।

यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव समेत पेश गर्नेछन्।

संसद सचिवालयका अनुसार, बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तावहरू प्रस्तुत गरिनेछ र त्यसमाथि छलफल अगाडि बढाइनेछ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १२ः१५ बजे बस्नेछ। उक्त बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको जनाइएको छ।