पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको टोलीको खोजी तथा उद्धार अभियानलाई तीव्र पारिएको छ। उद्धारमा सहयोग गर्न काराकोरम पर्वतशृंखलाका अन्य हिमालमा रहेका आरोहीहरू समेत परिचालन गरिएको छ।सांसद तथा पर्वतारोही निर्मल पुर्जाका व्यावसायिक साझेदार मिङ्मा ग्याबु शेर्पाले बीबीसीसँग कुरा गर्दै ब्रड पिक नजिक रहेका के–२ र के–३ हिमालका आरोहीहरू…