विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिएका छन्।
पोखरा एभेन्जर्सविरुद्धको खेलमा सन्दीपले ३ ओभर बलिङ गर्दै २३ रन खर्चेर ६ विकेट लिएका हुन्। उनले १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे।
यससँगै सन्दीप एनपीएलको इतिहासमा ह्याट्रिक विकेट लिने चौथो खेलाडी बनेका छन्। यसअघि विराटनगरकै प्रतिश जीशी, काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक गरेका थिए।
सन्दीप यस सिजन एकै खेलमा ६ विकेट लिने पहिलो बलरसमेत बनेका छन्। यसअघि खेलेका पाँच खेलमा एक विकेट मात्र लिएका उनले छैटौँ खेलमा भने उत्कृष्ट पुनरागमन गरेका हुन्।
यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले पनि एनपीएलको एकै खेलमा ६ विकेट लिएका थिए।

प्रतिक्रिया