जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावास (होस्टेल) लाई मापदण्ड सुधार गरी नियमको पूर्ण पालना गर्न एक महिनाको अल्टिमेटम दिएको छ। होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार, चर्को शुल्क असुली, कमजोर पूर्वाधार, सरसफाइ तथा खानाको गुणस्तरमा लापरबाही र लागुऔषधको प्रयोग बढेको लगायतका गुनासा आएपछि प्रशासनले २१ बुँदे व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो। प्रशासनका अनुसार…