धौलीगंगा बाँध खोलिने भएपछि महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ। बाँधमा रहेको सिल्ट सफाइ गर्न असोज १७ गते शनिबार राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म बाँधका ढोका खोलिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई…