संविधान दिवससँगै थुलुङ दुधकोशी अस्पतालको चौथो वार्षिकोत्सव

संविधान दिवसको अवसर पारेर थुलुङ दुधकोशी अस्पतालको चौथो वार्षिकोत्सव मनाएको भएको छ। गाउँका नागरिकलाई स्थानीय तहमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको अस्पतालले आफ्नो चौथो स्थापना दिवस मनाएको हो। कार्यक्रममा नेपालको संविधान २०७२ ले परिकल्पना गरेको आधारभूत स्वास्थ्य सेवाको अधिकार र स्थानीयस्तरमै नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यअनुरूप अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले…