गृहमन्त्री सुदन गुरुङ मंसिर १७ मा परम्परागत विवाह गर्दै


गृहमन्त्री सुदन गुरुङ आगामी मंसिर १७ गते परम्परागत विवाह समारोह आयोजना गर्ने तयारीमा जुटेका छन् । उनले आफ्नो गृहजिल्ला गोरखाको एक होमस्टेमा गुरुङ संस्कारअनुसार विवाह गर्न लागेका हुन् ।

द काठमाडौँ पोस्टका अनुसार गुरुङको सचिवालयका एक सदस्यले डिसेम्बर ३ अर्थात् मंसिर १७ गते विवाह समारोह आयोजना हुने जानकारी दिएका छन् ।

समाचारअनुसार गुरुङले हाल विवाह गर्न लागेकी युवतीसँग दुई वर्षअघि नै कानुनी रूपमा विवाह दर्ता गरिसकेका छन् । ती युवती गुरुङ समुदायकी हुन् र व्यवसायका सिलसिलामा अमेरिकामा बस्दै आएकी थिइन् ।

लामो छलफलपछि दुवै परिवार परम्परागत संस्कारअनुसार विवाह समारोह आयोजना गर्न सहमत भएको बताइएको छ ।

विवाह समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत सहभागी हुने अपेक्षा गरिएको समाचारमा उल्लेख छ ।

विवाह समारोह आयोजना गर्न लागिएको गाउँलाई विवाह गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसमेत रहेको सचिवालय स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।