प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डीपी अर्यालसँग भेट गरी विपक्षी दलको बैठकको निर्णय जानकारी गराएका छन्।
सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा पुगेर आङदेम्बेले भेट गरेका हुन्।
भेटका क्रममा उनले विपक्षी दलहरूको बैठकले सङ्घीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न माग गर्ने निर्णय गरेको जानकारी गराएका थिए।
यसअघि कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको बैठकले संसद् अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको थियो।
सञ्चारगृहमा प्रहरी धरपकड तथा पक्राउ र सर्वोच्च अदालतमा बिचौलियाको संलग्नतासम्बन्धी विषयमा संसदीय छानबिन आवश्यक रहेको भन्दै विपक्षी दलहरूले संसद् बैठक आह्वानको माग गरेका हुन्।

प्रतिक्रिया